https://www.facebook.com/RCPaudelNepal/videos/301693813981104/
काठमाडौं, २ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले युरोपभ्रमणमा हुनुहुन्छ । तर यूरोप भ्रमणका क्रममा उहाँले पहिलो सार्वजनिक अभिव्यक्ति दिएको विषयमा नेपाली कांग्रेसको विदेशमा रहेका समर्थक कार्यकर्ताहरुको सगठनको रुपमा रहेको जनसम्पर्क समितिहरुले विरोध नै गर्न थालेका छन् ।
https://www.facebook.com/RCPaudelNepal/videos/301693813981104/
उहाँले यूरोप भ्रमणको क्रममा सबैभन्दा पहिलो सार्वजनिक कार्यक्रमलाई संबोधन गर्नुभयो । आइतबार लक्जेम्वर्गमा नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई । तर त्यो अधिवेशनमा उहाँले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा कडा प्रतिक्रियाहरु आएका छन् ।
नेपाली कांग्रेसको यूरोप सम्पर्क मञ्चका अध्यक्ष दिलबहादुर गुरुड.ले त आफ्नो नेतृत्वमा रहेको युरोप सम्पर्क मञ्चालाई
विघटन गरिदिन केन्द्रीय समितिसमक्ष सिफारीस गर्न वरिष्ठ नेता पौडेललाई अनुरोध गर्नुभएको छ । उहाँका अनुसार सत्तामा बसेर चुनाव गराएको नेपाली कांग्रेस प्रतिपक्षमा रहदा देश विदेशमा डुल्ने नेताहरुले कार्यकर्ताको मनोबल उठाउन प्रयत्न गर्नुपर्नेमा उल्टो मानमर्दन गर्ने काम भएको छ ।
वरिष्ठ नेता पौडेलकै अभिव्यक्तिलाई लिएर जनसम्पर्क समिति यूकेमा आबद्ध युवराज गुरुड.ले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘विदेशीभूमिमा आयोजित कार्यक्रममा बोल्दै पौडलले सम्पूर्ण समय बामपन्थि शक्तिलाई भन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विरोध मात्र नगरी गम्भीरआरोपहरु लगाउनु दुःखदायी छ ।’
उहाँले १३ औं महाधिवेशनमा सुविधाजन बहुमत सहित निर्वाचित पार्टी सभापतिलाई प्रजातन्त्रलाई दरवारमा बुझाएको, राष्ट्र र पार्टीमाथि घात गरेको जस्ता आरोप लगाउनुभएको बताउनुभएको छ ।
उहाँले गत वर्ष सम्पन्न निर्वाचनमा पार्टीको तर्फबाट ४० प्रतिशतको भागबण्डा गरि उम्मेदवार छान्न सक्रिय पार्टीका वरिष्ठ नेता पौडेल पनि निर्वाचनको पराजयको लागि उत्तिकै जिम्मेवार बन्नुपर्नेमा आफूसमेत एक सामान्य बामपन्थी कार्यकर्ताबाट पराजित हुनुभएका पौडेले निर्वाचनमा पार्टीको हारको दोष सभापति देउवालाई दिनु नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय विपरीत भएको बताउनुभएको छ ।
उहाँले नेपाली कांग्रेसका तत्तकालिन सभापति गिरीजा प्रसाद कोइरालाको सकृयतामा स्थापित नेपाली जनसम्पर्क समन्वय समिति युरोपका बिरुद्ध नेता पौडेलको भनाइले उहाँ पार्टी हितको लागि भन्दा आफ्नो गुठलाई बलियो बनाउन युरोप क्षेत्रको भ्रमणमा निस्किएको पुष्टी भएको बताउदै नेपाली कांग्रेसको केन्द्रिय कार्यालयद्धारा जनसम्पर्क समिति लक्स्जम्बर्गको पहिलो अधिवेशन प्रतिनिधि तोकिएका नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधार गौतममाथि नेता पौडेलले र उहाँका सुपुत्र चिन्तन पौडेलले अभद्र व्यवहार गरेको बताउनुभएको छ ।
कांग्रेसका शुभचिन्तक गुरुड.ले नेपाली कांग्रेसका नेताहरू ले सार्बजनिक रुपमा खुल्ला अन्तर्कृया कार्यक्रम र सभाहरुमा दिने अभिव्यक्ति कम्तिमा पार्टी अनुसासन र आफ्नो पदीय जिम्मेवारी र दायित्व लाई सम्झेर गर्नु पर्नेमा कार्यकर्तालाई नै पार्टी नेतृत्व नीति र निर्देशन बिपरित उत्प्रेरित गर्नु पार्टी हितमा नहुने ठहर गर्दै पौडेलले बिभिन्न देशको भ्रमणमा पार्टी सभापति र पार्टीका निष्ठावान कार्यकताप्रति गरेको दुरव्यवहारले सिङ्गो पार्टीको हित हुन सक्दैन तसर्थ आम नेपाली कांग्रेस र प्रबासमा रहेका कांग्रेसहरुलाई एकाकार गर्न र थप अनुशासित बनाउन पदीय जिम्मेवारीको अनुभूति गराउन नेपाली कांग्रेसको केन्द्रीय समितिले आवश्यक कदम चाल्न समेत अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ,’ देश रहे कांग्रेस र कांग्रेस रहे केन्द्रीय नेता र कार्यकर्ता रहने हुन् ।’
नेता पौडेल बेल्जियममा
यसै बीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सोमबार जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको
१०५ औं बी. पी जन्मजयन्तीको अवसरमा ‘लोकतान्त्रिक समाजवाद र नेपालको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नुभयो । कार्यक्रममा बेल्जियम र छिमेकी मुलुकहरुमा रहेका नेपालीहरुको भव्य उपस्थिति रहेको थियो ।
https://www.facebook.com/RCPaudelNepal/videos/301693813981104/