Prakash Adhikari April 7, 2026

 

काठमाडौं, २४ चैत्र । खाडी युद्धको कारण नेपालले स्थगित गरेका विश्वकप लिग २ का खेलहरु पुनः नेपालमा नै हुने भएका छन् ।

नेपाल क्रिकेट संघले आज यस सम्बन्धी जानकारी दिएको हो ।

नेपाल क्रिकेट संघले दिएको जानकारी अनुसार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का दुई श्रृखलाका खेल तालिका घोषणा गरेको छ । दुवै श्रृखलाका खेलहरु त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुनेछन्।

यही अप्रिल २५ देखि मे ५ सम्म नेपाल युएई र ओमानबीच पहिलो श्रृखलाका खेलहरु हुने छन् भने मे १२ देख मे २२ सम्म नेपाल, स्कटल्याण्ड र संयुक्त राज्य अमेरिकाका बीच अर्को त्रिदेशीय श्रृखला हुनेछ ।

आईसीसी लिग चरणका दुई महत्वपूर्ण त्रिदेशीय श्रृखलाको आयोजना नेपाल क्रिकेटको लागि ठूलो प्रतिष्ठाको विषय पनि हो र नेपाली खेलाडीहरुलाई आफ्नो गृह मैदानबाट विश्व खेल मञ्चमा चम्कने ठूलो अवसर पनि ।

Share Now