काठमाडौं, २४ चैत्र । नेपालको प्रतिष्ठित बाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अतिरिक्त सेवा दिलाउने क्रममा विराट नर्सिड. होमसंग संझौता गरेको छ ।
संझौता अनुसार एनआईएमबी स्मार्ट प्रयोगकर्ता र कार्ड कार्डधारकहरूले सो अस्पतालबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवामा अधिकतम् १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
बैंकले दिएको जानकारी अनुसार एनआईएमबी स्मार्ट प्रयोगकर्ता र कार्ड कार्डधारक ग्राहकजनरल ल्याब (रुटिन), जनरल बेड, एक्स-रे, USG/ECG, ओपन OT मा अधिकतम् १० प्रतिशतसम्मको छुट पाउने छन् भने विशेष परीक्षण, ल्याब OT, ICU/NICU/PICU, भेन्टिलेटर, क्याबिन, अस्पताल फार्मेसीमा ५ प्रतिशत छुट पाउने छन् ।
एनआईएमबी स्मार्ट प्रयोगकर्ता र कार्ड कार्डधारक CT स्क्यानमा ७५० रुपैयाँ र MRI मा ५०० रुपैयाँ छुट पाउने छन्


















