काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक परामर्श थाल्नुभएको छ ।
उहाँले देश र नेपाली कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा बुद्धिजीवीहरुसंग ंछलफल गर्नुभएको हो ।
आफ्नो सम्पर्क कार्यालय विशालनगरमा उहाँले गर्नुभएको उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेन्जी युवाहरु अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी हुनुहुन्थ्यो ।
दिउँसो १ बजे देखि ४ बजेसम्म भएको उक्त छलफलमा डा शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मिनेन्द्र रिजाल र डा गोविन्दराज पोख्रेल पनि सहभागी हुनुहुन्थ्यो ।
छलफलमा नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि पार्टी भित्र वृहत्तर एकताको आवश्यकता रहेको र त्यो कुरा संस्थापन पक्षलाई महसुस गराउन जरुरी भएको सुझाबहरु आएका थिए । पार्टीको १५ औं महाधिवेशन पार्टीभित्रका सबै पक्ष समेटिने अवस्था सिर्जना गर्ने अग्रसरता लिन पनि उहाँलाई सुझाबहरु आएका थिए ।


















