Prakash Adhikari May 2, 2026

काठमाडौं, १९ बैशाख । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले नेपाल भ्रमणका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई भेटवार्ता गर्नुभएको छ । भेटमा दुवैदेशका आपसी चासो र हितको कुरा भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

नेपाल भ्रमण कार्यक्रम अन्तरगत सगरमाथा आधार शिविर पुग्नुभएका उहाँले अमेरिकाको प्रिफ्लाईद्धारा निर्मित अल्टा एक्स जेन टू कार्गो ड्रोन नेपाललाई प्रदान गर्नुभएको छ। यो ड्रोन सगरमाथा क्षेत्रमा भएका फोहरहरु हटाउन र शिखर आरोहणका विभिन्न क्याम्पमा अत्यावश्यक सामान आपूर्तिमा पनि सहयोगी हुने बताइएको छ ।

Share Now