कीर्तिपुर(काठमाडौं), २९ बैशाख । आज आईसीसी विश्वकप लिग २ अन्तरगत नेपाल र स्कटल्याण्डको खेलमा नेपालले विकेट लिन संघर्ष गरिरहनु परेको बेला नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले महत्वपूर्ण चार विकेट लिएका छन।
उनले २१ औं ओभरमा स्कटल्याण्डका दुई महत्वपूर्ण विकेट झारेका छन् । उनले २०.३ ओभरमा ७५ रन बनाएका ओपनर जर्ज मुन्सेको विकेट लिए । त्यस लगत्तै २०.६ ओभरमा फिन्ले म्याकक्यार्थलाई ३५ रन बनाएको अवस्थामा आउट गरे । उनी त्यतिमा रोकिएनन । उनले २२.६ ओभरमा ब्राण्डन म्याकमुलनलाई ७ रनमा आउट गरे । उनले २४.२ ओभरमा रिची बेरिड.टनको विकेट पनि लिए ।


















