काठमाडौं, २९ बैशाख । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको राजीनामाबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले ती समाचारहरू भ्रामक, निराधार र तथ्यविहीन रहेको स्पष्ट पारेको छ। बैंकका अनुसार सिइओ पाण्डे हाल पनि नियमित रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै बैंकको व्यवस्थापन तथा सञ्चालनमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ।
साथै, बैंकले कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक स्रोतबाट जानकारी पुष्टि गर्न सञ्चारमाध्यम तथा सम्बन्धित पक्षहरूलाई अनुरोध गरेको छ। ग्राहक, शेयरधनी तथा सर्वसाधारणको विश्वास कायम राख्दै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न आफूहरू निरन्तर प्रतिबद्ध रहेको बैंकले जनाएको छ।



















