काठमाडौं,३० बैशाख । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी नै छ। यस दिन सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो भने चाँदी तोलामा १५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला ५ हजार ७ सय १० रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी छ।


















