Prakash Adhikari May 13, 2026

काठमाडौं, ३० वैशाख । विशेष महाधिवेशनबाट विस्थापित नेपाली कांग्रेसको तात्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का समूहले आज काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला गर्दैछ ।

भेला माइतीघर हाईटमा रहेको कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ ।

पार्टीको विशेष महाधिवेशनले पार्टी चोइटिएको बेला भएको निर्वाचनमा नेपाली कांग्रेसको शर्मनाक हार भएपछि त्यसको लेखाजोखा र पार्टीलाई एकताबद्ध बनाएर जानेसम्बन्धमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो ।

यो समूहले कोशी प्रदेशस्तरीय भेला विराटनगरमा सम्पन्न गरिसकेको छ ।

यही बैशाख २३ गते कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सम्पन्न समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बलाउने निर्णय गरेको थियो ।

पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ ।

 

Share Now