Prakash Adhikari May 16, 2026

काठमाडौं, २ जेठ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठ मनोनीत हुनुभएको छ। पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गर्नुभएको हो।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४)बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो। श्रेष्ठ यसअघि शेरबहादुर देउवा पार्टी सभापति रहँदा पनि कोषाध्यक्षकै जिम्मेवारीमा हुनुहुन्थ्यो।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहनुभएका श्रेष्ठ स्थापित व्यवसायी हुनुहुन्छ। उहाँ लामो समयदेखि विशेष गरी शिक्षा, कृषि, जलस्रोत,बैकिड. जस्ता क्षेत्रमा लगानी गर्दै आउनुभएको छ।

२०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएका श्रेष्ठलाई पछिल्लो पटक सम्पन्न विशेष महाधिवेशनपछि केही दिन अघि मात्रै पुनः केन्द्रीय सदस्य मनोनीत गरिएको थियो।

Share Now