Prakash Adhikari May 16, 2026

कीर्तिपुर(काठमाडौं), २ जेठ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज भइरहेको १ सय ५ औं खेलमा संयुक्त राज्य अमेरिकाले नेपाल समक्ष १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भईरहेको खेलमा टस जितेर ब्याटिड. रोजेको अमेरिकाले ५० ओभरको निर्धारित खेलमा ४३.३ ओभरमा १ सय ९५ रनको योगफल तयार पार्दा अल आउट हुन पुग्यो ।

अमेरिकाका लागि स्मिथ पटेलले ८३, शेहन जयसूरियाले ५०, मिलिन्द कुमारले २८, हर्मित सिंहले १४?सायन जहाँगिरले ६, सैतेजा मुकम्मलले ४, शुभम रञ्जनेले २, सञ्जय कृष्णमूर्तीले र नोस्टहस केञ्जिगेले १।१ रनको योगदान दिए । मोहम्मद मोहसिन शून्य रनमा आउट भए भने शौरभ नेत्रभाल्कर शून्य रनमा नट आउट रहे । अमेरिकाले वान बल एक र वाइड बल ५ बाट अतिरिक्त ६ रन जोड्यो ।

अमेरिकालाई रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २, सन्दीप लामिछानेले र गुल्शन झाले १ । १ विकेट लिए ।

Share Now