Prakash Adhikari May 20, 2026

 

काठमाडौं, ६ जेठ । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदी तोलामा १ सय २५ रुपैयाँको कमी आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

Share Now