पोखरा(कास्की)। काठमाडौं, ८ जेठ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ ।
जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने तर अन्य मुद्दा अभियोग दाबी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुुभयो ।
उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर तथा राष्ट्र बैंकसम्बन्धी कसुरअन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ ।
प्रसाईंलाई हिरासतमा नराख्न परमादेश
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ।
न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो।
जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।








