क्वाललम्पुर(मलेशिया), २० जेठ । आजदेखि एसीसी महिला प्रिमियर कप सुरु हुँदै छ । समूह डीमा रहेको नेपालले आज कतारसंग प्रतिस्पर्धा गर्दै छ ।
नेपाल र कतारबीचको खेल कोलेज तुआन्कु जाफर क्रिकेट ओभल, मान्टिनमा हुँदै छ ।
नेपालले टस जितेर फिल्डिड. रोजेको छ ।
मलेसियाको आयोजनामा हुन लागेको यो प्रतियोगितालाई महत्वका साथ हेरिएको छ । यो प्रतियोगिता २०२६ महिला ट्वान्टी २० एसिया कपको लागि छनोट मार्गको एक हिस्सा पनि हो।
यो प्रतियोगितामा एशियाका १८ देशले भाग लिंदै छन् । सहभागी देशहरुलाई ए,बी,सी र डी गरी चार समूहमा विभाजन गरिएको छ ।
समूह ए मा बहराइन,जापान,मंगोलिया,म्यानमार र थाइल्याण्ड गरी पाँच देश रहेका छन् ।
समूह बीमा पनि चीन, ओमान,फिलिपिन्स, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी पाँचौ देशहरु रहेका छन् ।
समूह सी र डीमा भने चार चार देश रहेका छन् । समूह सीमा इण्डोनेसिया,कुवेत,मलेसिया र सिंगापुर रहेका छन् भने समूह डीमा भुटान,हंगकंग, नेपाल र कतार रहेका छन् ।
समूह चरणमा हरेक टिमले एकअर्काविरुद्ध एक एक खेल खेले पछि समूहमा शीर्ष दुईमा रहेका टोलीबीच क्वार्टर फाइनल हुने छ । क्वार्टर फाइनलबाट चार टोली सेमिफाइनल पुग्ने छन् । सेमीफाइनलका विजेता फाइनलमा पुग्ने छन् भने पराजित टोलीहरु तेस्रो स्थानका लागि खेल्न पाउने छन् ।
प्रतियोगितामा लिग चरणका खेलहरु जुन ९ सम्म हुने छन् । चारैवटा क्वार्टर फाइनलका खेलहरु जुन १० मा हुने छन् भने जुन १२ मा सेमिफाइनल र जुन १३ मा फाइनल तथा तेस्रो स्थानको खेलहरु हुने छन् ।








