Prakash Adhikari June 3, 2026

गोवा(भारत), २० जेठ । नेपाली महिला फुटबल टोली भारतको गोवामा जारी साफ च्याम्पियनसिपको फाइनल प्रवेशको लागि आज बंगलादेशसंग भिड्दै छ ।

आज ६ पटकको फाइनलिष्ट नेपाल र लगातार २ पटकको विजेता बंगलादेशबीचको भिडन्त निकै रोचक हुने देखिन्छ । खेल दिउँसो ४ः१५ बजे सुरु तालिका छ।

दक्षिण एसियामा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर पनि नेपालको छुट्टै साख छ। नेपाल साफ च्याम्पियनसिपको पछिल्लो ७ मध्ये एउटामा बाहेक सबैमा फाइनलमा पुगेको छ।

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानसँग १(० को जित निकाल्यो। दोस्रो खेलमा श्रीलंकासँग २ ० को विजय निकाल्यो ।

विगतमा नेपालको कमजोर पक्ष डिफेन्स हो। जारी प्रतियोगितामा डिफेन्डर गीता र विमला विकको प्रदर्शन सन्तोषजनक छ। ं

नेपाली टोली प्रीति राईको आगमनबाट धेरै आशावादी बनेको छ । आजको खेलमा प्रीतिको जादूमयी गतिले काम गर्ने अपेक्षा गरिएको छ ।

भुटानविरूद्धको फ्रन्ट लाइनमा खेलाडीले सोलो खेल्ने प्रयास गरेको र श्रीलंकाविरूद्ध केहि हदसम्म समन्वय हुनु टोलीको लागि सुखद पक्ष हो । बंगलादेशले जारी प्रतियोगितामा भारतसँगको ३(० को हार व्यहोरेको थियो भने माल्दिभ्सलाई ४(२ ले हराएको थियो ।

श्रीलंकासंगको खेलमा रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटेले गोल गर्नु सकारात्मक पक्ष हो ।

हेड टु हेड खेलमा पनि नेपाल अगाडि छ ।नेपाल र बङ्गलादेशबीच अहिलेसम्म १२ खेल भएको छ। जहाँ नेपालले ५ खेल जितेको छ। बङ्गलादेशले २ खेल जित्दा ५ खेल बराबरीमा सकिएको थियो।

सन् २०१० देखि सुरू भएको साफ महिला च्याम्पियनसिपमा नेपालको उपस्थिति रहँदै आएको छ। छ पटक फाइनलमा पुगेपनि नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन्। सन् २०१० देखि २०१४ सम्मको पहिलो तीन संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुन पुग्यो।

सन् २०१४ को चौथो संस्करण साफ इतिहासमा नेपालले सबैभन्दा कमजोर प्रदर्शन गर्यो। नेपाल सेमिफाइनलमा नै पराजित हुँदै बाहिरियो।

यसपछि सन् २०१९ मा नेपाल चौथो पटक भारतसँग फाइनलमा पराजित हुन पुग्यो। छैटौं संस्करणमा भने सँधैको तगारो भारतलाई नेपालले सेमिफाइनलमा माथ दियो। तर फाइनलमा बङ्गलादेश बाधक बनिदियो।

यसपछि गत संस्करण अर्थात् २०२४ को सातौं संस्करणमा पनि नेपालले सेमिफाइनलमा भारतलाई हरायो। तर विडम्बना फेरि नेपाल बङ्गलादेशलाई हराउन चुक्यो।

Share Now