Prakash Adhikari September 25, 2018

 

काठमाडौं,९असोज ।सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कपको लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ।

यु-१९ युथ एसिया कपमा नेपालले भारतसंग सेप्टेम्बर २९ तारिकमा पहिलो खेल खेल्दैछ। नेपाल रहेको समुह ‘ए’ मा साविकको बिजेता अफगानिस्तान सहित भारत र युएई रहेका छन्।

यु-१९ टिमका मुख्य प्रशिक्षक बिनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मेलित चयन समितिले आसिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलिको घोषणा गरेको हो। टोलिको उप-कप्तान कमल सिंह ऐरिले गर्नेछन्।

यसै महिना भारतमा खेलिएको भारत यु-१९ र अफगानिस्तान यु-१९ सम्मेलित सिरिजमा टोलिमा नभएका रोहित पौडेल,नन्दन यादब, रबिन्द्र जंग शाही र सूर्य तामांगलाई युथ एसिया कप खेल्ने टिममा मौका दिईएको छ। भारत टुरमा गएका सम्साद आलम, बिपिन रावल, लोकेस बम , किशोर महतोलाई टिममा मौका दिईएको छैन।

नन्दन र रबिन्द्रले यस अघि पनि यु-१९ टिमको लागि खेलीसकेका छन् भने सुर्य तामांग पहिलो पटक यु-१९ टिममा अटाएका हुन्। नन्दन तिब्र गति बलर हुन् भने रबिन्द्र माथिल्लो क्रमका ब्याट्सम्यान। सुर्य तामांग देब्रे हाते स्पिनर हुन् जसले यु-१६ राष्ट्रिय टिमको प्रतिधित्व गरिसकेका छन्।

नेपाली टिमको प्रमुख प्रशिक्षकमा बिनोद दास रहेका छन् भने टिम म्यानेजरको रुपमा शक्ति गौचन, सहायक प्रशिक्षकको रुपमा मनोज कटवाल बंगालदेश जानेछन्। यस्तै टिमको फिजियो बिक्रम न्यौपाने रहनेछन्। युथ एसिया कप खेल्न नेपाली टोलि २७ सेप्टेम्बरमा मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

नेपाली टिम :- आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद खान,भिम शार्की,तृत राज दास, सन्दिप जोरा, सागर ढकाल,अरुन ऐरि, सूर्य तामांग

 

युथ एसिया कपमा नेपालको खेल तालिकाप्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटगाँउमा हुनेछ।

२ वटा समुहबाट उत्कृस्ट २ हुने ४ टिमहरु सेमीफाईनल खेल्न छनौट हुनेछन्। अक्टोबर ४ र ५ तारिकमा सेमीफाईनल र अक्टोबर ७ तारिकमा फाईनल खेलिनेछ।

Share Now

Leave a comment.