Prakash Adhikari June 16, 2026

 

काठमाडौं, २ आषाढ । असार महिनाको दोस्रो तथा साताको दोस्रो कारोबार दिन पनि नेपालको शेयर बजार ओरालो लागेको छ ।

मंगलवार धितोपत्र बजार परिसूचक ६.३१ अंकले ओरालो लागेर २७०५.४५ बिन्दुमा अडिएको छ। सोमबार परिसूचक १२.२६ अंकले घटेको थियो ।

आज क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १.४८ अंकले ओरालो लागेर ४६४.६४ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज विभिन्न कम्पनीका ३ सय ३५ स्क्रिप्टका १ करोड ७ लाख ८हजार ५ सय ९६ कित्ता शेयर खरिद बिक्रीबाट ४अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैंयाँ बराबरको कारोबार भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जस मध्ये व्यापार र सामुहिक लगानी कोष उपसमुहको सुचक सामान्य अंकले उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सूचक ओरालो लागेका छन् ।

बजार ओरालो लागेपनि यस दिन सोपान फर्मास्युटिकल्स, अपोलो हाइड्रो, दोल्ती पावर, बुंगाल हाइड्रो, मेछ्याम हाइड्रो, प्रभु बैंक डिबेञ्चर ८६, एसबीआई डिबेञ्चर९०, भूगोल इनर्जी, सानिमा डिबेञ्चर ८७ र सानिमा डिबेञ्चर ८९को शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।

यस दिन अधिक शेयर मूल्य घट्ने कम्पनीहरुमा सयपत्री हाइड्रो, उन्नति नेपाल लघुवित्त, एनआईएमबी डिबेञ्चर ९०, कालिञ्चोक हाइड्रो, रिलायन्स स्पिनिड., भगवती हाइड्रो, एनएमबी ५० म्युचुअल फण्ड,नारायणी विकास बैंक, निफ्रा ऊर्जा ऋणपत्र र कुथेली बुखारी स्मल हाइड्रो रहेका छन् ।

यस दिन अििधक रकमको कारोबार हुने कम्पनीहरुमा आँखुखोला जलविद्युत, सिद्धार्थ बैंक, रिलायन्स स्पिनिड. मिल्स, रावा खोला जलविद्युत, बुंगाल हाइड्रो, एसवाई प्यानल,दोल्ती पावर, सेन्ट्रल फाइनान्स, सिटी होटल्स र शिवम् सिमेण्ट्स रहेका छन् ।

Share Now