काठमाडौँ, ३० असार : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु १ हजार २ सयले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला रु ४ हजार ३ सय ६० कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार २ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोल रु ४ हजार ३ सय ७५ प्रतितोला कायम भएको थियो ।
—








