Prakash Adhikari October 2, 2018

ओस्लो(नर्वे),१६ असोज(एजेन्सी) । यस वर्षको चिकित्सा क्षेत्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक जेम्स एलिसन र जापानी तासुकु होन्जोलाई दिइने भएको छ।

क्यान्सर उपचारबारे उनीहरूले गरेको परिवर्तनकारी अध्ययनका लागि यो पुरस्कार दिइने भएको हो। सोमबार स्वीडेनमा आयोजित कार्यक्रममा नोबेल समितिले पुरस्कार घोषणा गरेको हो।

यी दुई वैज्ञानिकले क्यान्सर लागेको कोषसँग लड्न कस्तो किसिमको प्रतिरोधी क्षमता विकास गर्नुपर्छ भन्नेबारे छुट्टाछुट्टै अध्ययन गरेका थिए।

Share Now

Leave a comment.