Prakash Adhikari July 21, 2026

काठमाडौँ, ५ साउन । साताको दोस्रो कारोबार दिन पनि नेपालको शेयर बजार उकालो लागेको छ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर २७२६.४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२ अङ्कमा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.१९ अङ्कले बढेर १८६.६२ मा पुगेको छ ।त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने स्थिर रहँदै १६०.०२ मा रहेको छ ।

आज ३ सय ४३ स्क्रिप्टका १ करोड ४९ लाख २४ हजार ३ सय २ कित्ता सेयरको खरिदबिक्रीबाट रु ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९ सय ७१ को कारोबार भएको छ ।

आज नेपाल स्टक एक्सचेञ्जमा दर्ता भई वर्गीकृत भएका विभिन्न १३ उपसमूहमध्ये पाँच उपसमूहको सूचकांक बढ्यो भने आठ उपसमूहको सूचकांक घटेको छ ।

त्यस्तै आज १ सय ३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी, १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार एभरेष्ट कलर लिमिटेड, कलङ्गा हाइड्रोपावर, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, सानीगाड हाइड्रो, स्नो रिभर्स लिमिटेड,रिडी, टक्सार पिकुवा खोला,हिमालयन रिइन्स्योरेन्स,सिर्जनशील लघुवित्त र भगवती हाइड्रोको शेयर मूल्य अधिक बढेको छ ।

त्यस्तै आजको बजारमा नबिल बैंक डिबेञ्चर, एनआइबिएल ग्रोथ फन्ड र कर्पोरेट डेभलमपेन्ट बैंक, भुजुड. हाइड्रो, चिखुवा खोला हाइड्रो, बुंगाल हाइड्रो, ज्योति विकास डिबेञ्चर ८७, प्योर इनर्जी,मिड सोलु र थ्रीस्टार हाइड्रोको सेयर मूल्य अधिक घटेको छ ।

यस दिन अधिक रकमको कारोवार हुने कम्पनीहरुमा रिडी हाइड्रो, आँखुखोला जलविद्युत, रिलायन्स स्पिनिड.,हिमालयन रिइन्स्योरेन्स, एनआरएन, नेशनल हाइड्रो, कर्पोरेट बैंक, अपि पावर, एसवाई प्यानल र शिवम् सिमेण्ट्स रहेका छन् ।

Share Now