क्वालालम्पुर(मलेशिया),२४ असोज । आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आज क्वाललम्पुरमा भैरहेको खेलमा चीनले नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर फिल्डिड. रोजेको नेपालले चीनलाई २६ रनमा समेट्यो ।
चीनको इनिड.मा नेपालका बलर सन्दीप लामिछाने,बसन्त रेग्मी र ललित राजवंशीले एकएक मेडन सहित ३ तीन विकेट लिए भने एल एस भण्डारीले एक मेडन लिए ।
चीनका खेलाडी एच जे यानले ११ रन बनाए बाहेक अरुले दोहोरो अंक छुन सकेनन् ।
चीनको पुरुष क्रिकेट टिमसंग इतिहासमै नेपालले खेल्न लागेको यो पहिलो पटक हो।
नेपालले यसअघि खेलेका चार खेल जितिसकेको छ । नेपालले म्यान्मार, मलेसिया, भुटान र थाइल्याण्डलाई हराउंदै ८ अंक र ७.२५ को उत्कृस्ट रन रेट सहित नेपाल अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।
नेपाल र सिंगापुर २ खेल खेल्न बाँकी रहदै टि-२० बिश्वकप एसिया छनौट खेल्न छनौट भइसकेका छन्।
प्रतियोगितामा सबैभन्दा कमजोर सबित बनेको टोली चीनले ४ खेल खेल्दा ४ वटै खेलमा हारको सामना गरेको छ। अंकतालिकामा सबैभन्दा पुछारमा रहेको छ।
चीनलाई थाइल्याण्डले १० विकेटले, भुटानले ९ विकेटले, सिंगापुरले १० विकेटले तथा म्यान्मारले ८ विकेटले पराजित गरेको छ।
चीनले म्यानमारसंग ४८, भुटानसंग ४५, सिंगापुरसंग २६, थाईल्याण्डसंग ३५ रन बनाएको थियो। नेपालसंग उसको खेल सिंगापुरसंगको समानस्तरमा देखिएको छ ।
नेपालको अन्तिम ११ – प्रदिप ऐरि, बिनोद भण्डारी, अनिल साह, आरिफ शेख, दिपेन्द्र ऐरि, ललित भण्डारी, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, ललित राजबंशी, शरद भेसावकर