Prakash Adhikari October 10, 2018

क्वालालम्पुर(मलेशिया),२४ असोज । नेपाल र चीन बीच भएको आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आज भएको नेपाल र चीनबीचको खेलमा नेपालले सहज जित निकालेको छ ।

वायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिड. रोजेको नेपालले चीनबाट २७ रनको लक्ष्य पाएको थियो । नेपाली खेलाडीहरुले सो लक्ष्य कुनै पनि विकेटको क्षति बिना दुई ओभरमा पूरा गरेका छन् ।

नेपालको इनिड.मा दुई खेलाडी नै सो लक्ष्य पूरा गर्न पर्याप्त भए । खेलमा विनोद भण्डारीले ८ बलमा ३ चौका र एक छक्कासहित २४ रन बनाए भने प्रदीपसिंह ऐरीले ३ बलमा ४ रन बनाए ।

बलिड. तर्फ चीनका तियन सेन कुनले पूरा एक ओभरमा २१ रन दिए भने चेन जिड. फेनले ५ बलमा ८ रन दिए ।

चीनको इनिड.मा नेपालका बलर सन्दीप लामिछाने,बसन्त रेग्मी र ललित राजवंशीले एकएक मेडन सहित ३ तीन विकेट लिए भने एल एस भण्डारीले एक मेडन लिए ।

चीनका खेलाडी एच जे यानले ११ रन बनाए बाहेक अरुले दोहोरो अंक छुन सकेनन् ।

चीनको पुरुष क्रिकेट टिमसंग इतिहासमै नेपालले खेलेको यो पहिलो प्रतियोगिता हो।

नेपालले यसअघि खेलेका चार खेल जितिसकेको छ । नेपालले म्यान्मार, मलेसिया, भुटान र थाइल्याण्डलाई हराउंदै १० अंक र ७.७८२ को उत्कृस्ट रन रेट सहित नेपाल अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।

नेपाल र सिंगापुर २ खेल खेल्न बाँकी रहदै टि-२० बिश्वकप एसिया छनौट खेल्न छनौट भइसकेका छन्।

प्रतियोगितामा सबैभन्दा कमजोर सबित बनेको टोली चीनले ४ खेल खेल्दा ४ वटै खेलमा हारको सामना गरेको छ। अंकतालिकामा सबैभन्दा पुछारमा रहेको छ।

चीनलाई थाइल्याण्डले १० विकेटले, भुटानले ९ विकेटले, सिंगापुरले १० विकेटले तथा म्यान्मारले ८ विकेटले पराजित गरेको छ।

चीनले म्यानमारसंग ४८, भुटानसंग ४५, सिंगापुरसंग २६, थाईल्याण्डसंग ३५ रन बनाएको थियो। नेपालसंग उसको खेल सिंगापुरसंगको समानस्तरमा देखिएको छ ।

नेपालको अन्तिम ११ – प्रदिप ऐरी, बिनोद भण्डारी, अनिल साह, आरिफ शेख, दिपेन्द्र ऐरी, ललित भण्डारी, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, ललित राजबंशी, शरद भेसावकर

ICC World Twenty20 Asia Region Qualifier B

TEAM M W L PT NRR
NEPAL 5 5 0 10 7.782
SIN 4 4 0 8 4.819
MAL 5 2 2 5 0.429
Thai 5 2 2 5 -1.267
Bhu 4 1 3 2 -1.977
MYAN 4 1 3 2 -2.338
CHINA 5 0 5 0 -8.432
Share Now

Leave a comment.