Prakash Adhikari October 10, 2018

काठमाडौं,२४ असोज । सिभिल बैंकले विभिन्न पदमा झण्डै ५ सय कर्मचारी माग गरेको छ ।

बुधबार सार्वजनिक भएको बैंकको विज्ञापनमा ब्रान्च म्यानेजरदेखि प्रशिक्षार्थी सहायकसम्मका विभिन्न पदमा ४ सय ९६ जना कर्मचारी मागेको हो ।

बैंकले ५२ जना ब्रान्च म्यानेजर मागेको छ ।यस्तै बैंकले ३ जना कम्प्यायन्स अफिसर मागेको छ । बैंकले क्रेडिट कन्ट्रोल अफिसरमा ५ जना कर्मचारी भर्ना गर्न लागेको छ ।
रिस्क म्यानेजमेन्ट अफिसर पदको लागि सिभिलले ३ जना कर्मचारी मागेको छ ।बैंकले १८ जना कर्मचारी रिलेसनसीप अफिसर पदमा मागेको छ ।ह्युमन रिसोर्स अफिसर पदको लागि ४ जना कर्मचारी मागिएको छ ।

बैंकले न्यू प्रोजेक्ट अफिसर पदमा ४ जना कर्मचारी मागेको छ ।बैंकले ५० जना अपरेसन इन्चार्ज मागेको छ ।लिगल अफिसर पदमा ४ जना कर्मचारी मागिएको छ ।
यस्तै आरएण्डडी अफिसर पदमा २ जना कर्मचारी मागिएको छ ।रिकभरी अफिसर पदमा ३ जना कर्मचारी मागिएको छ ।
बैंकले यी सबै पदको लागि कम्तिमा ३ बर्षको बैंकिङ अनुभव पनि चाहिने उल्लेख गरेको छ ।

आइटी रिस्क म्यानेजमेन्ट असिस्टेन्ट पदमा १ जना कर्मचारी मागिएको छ । त्यसरी नै बैंकले असिस्टेन्ट रिलेसनसीप अफिसर पदमा १०० जना कर्मचारी मागेको छ । सीएडी असिस्टेन्ट पदमा ७ जना कर्मचारी मागिएको छ । यी पदकालागि कम्तिमा २ बर्षको बैंकिङ अनुभव भएको ब्यक्ति चाहिने भनिएको छ ।

बैंकले अपरेसन असिस्टेन्ट पदमा ४० जना कर्मचारी मागेको छ । यो पदको लागि कम्तिमा १ बर्षको बैंकिङ अनुभव चाहिने भनिएको छ । यो पदमा अफिसर तहमा पुरुषको लागि २२ बर्षदेखि ४० बर्षबीचको र महिलाको लागि ४५ बर्षसम्मको उमेर हद तोकिएको छ । असिस्टेन्ट पदको लागि भने १९ देखि ३० बर्षबीचको र महिलाको हकमा ३५ बर्षसम्मको उमेर हद पनि तोकिएको छ ।

म्यानेजमेन्ट ट्रेनी पदमा ८० कर्मचारी मागिएको छ । यो पदको लागि कम्तिमा १ बर्षको बैंकिङ अनुभव चाहिने भनिएको छ । यो पदमा आवेदन गर्नको लागि १९ देखि ३० बर्षबीचको उमेर हुनुपर्नेछ ।यस्तै ट्रेनी पदमा २० जना कर्मचारी मागिएको छ । यो पदको लागि अनुभव अनिवार्य छैन । उमेर भने २१ देखि २५ बर्षबीचको हुनुपर्ने भनिएको छ ।

बैंकले ट्रेनी असिस्टेन्ट पदमा १०० जना कर्मचारी मागेको छ । यो पदको लागि अनुभव अनिवार्य छैन । कम्तिमा १२ कक्षा वा सो सरहको अध्ययन पूरा गरेको र उमेर भने १९ देखि २३ बर्षबीचको हुनुपर्ने छ ।

यी सबै पदमा निवेदन दिने म्याद अक्टोबर ३० (कात्तिक १३) गतेसम्मको छ ।

Share Now

Leave a comment.