Prakash Adhikari October 12, 2018

 

बैंकानुर(रुस),२५ असोज । एउटा रुसी सोयुज रकेट उडेको केही मिनेटभित्रै आपत्कालिन अवतरण गर्न बाध्य भएको छ। तर त्यसमा रहेका दुई अन्तरिक्षयात्रीको सकुशल रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको यात्रामा जान लागेको सो रकेटमा उडेको केही समयपछि नै समस्या देखा परेको थियो।

बैकानुर अन्तरिक्ष केन्द्रबाट उडेको केही समयपछि नै अन्तरिक्षयात्रीहरू निक हेग र अलेक्सी ओफ्चीनिनले आफ्नो रकेटमा समस्या देखिएको जानकारी दिएका थिए।

त्यसपछि उक्त यानलाई बैकानुरभन्दा केही सय माइल टाढा आपत्कालीन अवतरण गराइएको थियो।

फिर्ता

त्यसमा सवार दुई अन्तरिक्षयात्रीलाई उद्धारकर्ताहरूले फेला पारेर केही घन्टाअघि मात्र कजाखस्तानस्थित बैकानुर अन्तरिक्ष केन्द्रमा हेलिकप्टरमार्फत् फिर्ता लगिएको छ।

रुसले यो घटनामा कहाँ के खराबी भयो भन्ने विषयमा छानबिन सुरु भएको बताउँदै तत्कालका लागि मानवसहितका अन्तरिक्ष उडानहरू निलम्बन गरिएको जनाएको छ।

बीबीसीका विज्ञान सम्वाददाता जनाथन एमोस भन्छन्, ूसोयुज सबैभन्दा पुराना डिजाइनमध्येको एउटा रकेट हो, तर त्यो सबैभन्दा सुरक्षितमध्येको पनि हो।ू

चिन्ता
अन्तरिक्ष यात्री

रुसी रकेट उद्योगको वर्तमान अवस्था र विगतमा जस्तो गुणस्तर कायम राख्‍न सक्ने त्यसको क्षमताका बारे पहिले नै निकै छलफल र बहस भइसकेको छ।

अब थालिएको नयाँ अनुसन्धानको परिणाम जे जस्तो आए पनि यो घटनापछि पहिले व्यक्त भएका चिन्तालाई झन् चर्काइदिन सक्ने हाम्रा सम्वाददाता बताउँछन्। ‌

रुसी अन्तरिक्ष निकायले सार्वजनिक गरेको फोटोमा ती दुवैको मुटुको चाल र रक्तचाप परीक्षण भइरहेको देख्‍न सकिन्छ।

Share Now

Leave a comment.