Prakash Adhikari October 8, 2026

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने भएको छ।

बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो।

त्यसपछि पनि मतदान हुन सकेन। केन्द्रीय निर्वाचन समितिले  आज अबेर सबै मतपत्र छापिएर आएको तर अहिले निर्वाचन सुरु गर्दा रातभर निर्वाचन गर्नुपर्ने त्यो मतदाता-महाधिवेशन) प्रतिनिधिका लागि कष्टकर हुने भन्दै भोलिमात्र मतदान गरिने जानकारी दिएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले एक विज्ञप्ति प्रकाशित गर्दै  शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने जानकारी दिनुभएको छ ।

May be an image of text

Share Now