Prakash Adhikari October 11, 2026
काठमाडौँ, २४ असोजः भाषावैज्ञानिक, समालोचक तथा निबन्धकार प्राडा माधवप्रसाद पोखरेललाई रु ५० हजार राशिको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार  प्रदान गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा प्राडा अभि सुवेदीले पुरस्कृत व्यक्तित्व पोखरेलले भाषासाहित्यको उन्नयनका निम्ति गर्नुभएको योगदानको सराहना गर्नुभयो । श्री पोखरेलले आफूलाई साहित्य सन्ध्याले सम्मान गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा प्राडा हेमनाथ पौडेलले समालोचक तथा कवि गोविन्द भट्टको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो । साहित्यकार शान्ता मानवी र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पनि गोविन्द भट्ट तथा पुरस्कृत व्यक्तित्व पोखरेलका बारेमा चर्चा गर्नुभएको थियो ।
–––
Share Now