नयाँदिल्ली(भारत), १ कार्तिक । भारत सरकारले विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त गरिएको हो ।
सन् १९९३ को भारतीय विदेश सेवा समूहका अधिकारी दलेला हाल भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत हुनुहुन्छ । मन्त्रालयले उहाँले छिट्टै नयाँ जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको जनाएको छ ।







