Prakash Adhikari October 18, 2026

नयाँदिल्ली(भारत), १ कार्तिक ।  भारत सरकारले विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त गरिएको हो ।

सन् १९९३ को भारतीय विदेश सेवा समूहका अधिकारी दलेला हाल भारतीय विदेश मन्त्रालयमा  आर्थिक सम्बन्ध  सचिवका रूपमा कार्यरत हुनुहुन्छ । मन्त्रालयले उहाँले छिट्टै नयाँ जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको जनाएको छ ।

Share Now