Prakash Adhikari November 3, 2026

कीर्तिपुर(काठमाडौं), १७ कार्तिक। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।

आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्ने छन्। तीन खेल खेलिसकेको विराटनगरले बर्षाले ५ ओभरका छोट्याइएको खेलमा मात्रै जित हासिल गरेको छ। अंक तालिकामा आफ्नो स्थिति सुदृढ बनाउन विराटनगर चौथो खेलमा दोस्रो जित दर्ता गर्नुपर्ने दबावमा छ ।

अर्कोतर्फ, जनकपुर बोल्ट्सले पनि हालसम्म खेलेका तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ। जनकपुर आज आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै लगातार तेस्रो जित हात पार्ने रणनीतिमा छ।

त्यस्तै, आजै साँझ ५ः०० बजे सुरु हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्ने छन्। प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको लुम्बिनी लायन्सले दुई खेलमा एक जित निकालेको छ भने अर्को खेल वर्षाका कारण रद्द हुँदा अंक साझेदारी गरेको थियो।

Share Now