Prakash Adhikari November 3, 2026

काठमाडौँ, १७ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ सुरु हुँदैछ ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकमा व्यापार विस्तार, लगानी आकर्षण, निर्यात प्रवर्द्धक र व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार व्यापार मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानसहित विभिन्न देशका व्यवसायीलाई आमन्त्रण गरिएको छ ।

उहाँले मेलामा स्वदेशी तथा विदेशी हस्तकला, कृषि उत्पादन, पर्यटन, सूचना प्रविधि, ऊर्जा, भवन तथा निर्माण सामग्री, व्यावसायिक सूचना र शिक्षासम्बन्धी छुट्टाछुट्टै २ सय वटा स्टल राखिने जानकारी दिनुभएको छ । यस वर्ष मेलामा स्वदेशी तथा विदेशी गरी करिब एक लाख अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । मेलामा नेपालका विभिन्न जिल्लामा आयोजना भएका व्यापार मेलाका उत्कृष्ट स्टल तथा उत्पादनलाई समेत अन्तर्राष्ट्रिय व्यापार मेलामा निःशुल्क स्टल उपलब्ध गराइने भएको छ। मेलाको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायी तथा खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य पनि राखिएको छ । अध्यक्ष श्रेष्ठले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धक गर्नुका साथै नेपाल व्यापार एकीकरण रणनीतिमा विशेष रूपमा पहिचान गरिएका वस्तुको उत्पादन तथा निर्यात वृद्धि गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

यस पटकको मेलामा २ सयभन्दा बढी स्टल मार्फत स्वदेशी तथा विदेशी वस्तुको प्रदर्शनी गरिनेछ । मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटान लगायतका देशहरू सहभागी हुनेछन् ।

गत बर्षको जेनजी आन्दोलनको आगजनी र यस बर्ष आएको बाढी पहिरोको असरले सुस्ताएको बजारमा नयाँ व्यापारिक गतिविधि र आर्थिक ऊर्जा सिर्जना गर्ने उद्देश्यका साथ यो मेला आयोजना गरिएको हो ।आयोजक एफएनसीसीआईले व्यापारिक कारोबार, उत्पादन, रोजगारी र आर्थिक पुनरुत्थानमा पनि केही योगदान हुन्छ समेत यो व्यापारिक मेलाले सहयोग गर्ने हाम्रो विश्वास लिएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धक गरी समग्रमा मुलुकको अर्थतन्त्र विकासमा मेलाले टेवा पुगाउने महासंघको विश्वास छ ।

Share Now