Prakash Adhikari November 15, 2026

 

कीर्तिपुर(काठमाडौं), २९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजसामु १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको छ ।

कर्णालीका लागि हुसेन तलतले ३३ बलमा २ चौका र १ छक्काको मदतले अविजित ५१ रन बनाए ।

यस्तै ओपनर अरिफुल इस्लामले आक्रमक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्का मद्दतमा ३५ रन जोडे । कर्णालीका लागि पवन सर्राफले २१ बलमा २ छक्का मद्दतमा १५ रन बनाए । गुल्सन झाले अन्तिमतिर ६ बलमा १ चौका र २ छक्का मद्दतमा आक्रमक १८ रन बनाए ।

ओपनर चसिन शर्मा खाता नखोली आउट भए । दीपक डुम्रे ७, कप्तान डेभिड मिलर ५, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भए । नन्दन यादव २ रनमा अविजित रहे ।

कर्णालीलाई रोक्ने क्रममा चितवनका कमलसिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले २ । २ विकेट लिए । यस्तै रिजन ढकाल र कप्तान सिकन्दर राजाले १ ।१ विकेट लिए ।

Share Now