Prakash Adhikari November 15, 2026

कीर्तिपुर(काठमाडौं), २९ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण अन्तरगत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टस जितेर कर्णाली याक्सले पहिले ब्याटिङ छनौट गरेको हो।

यस खेलअघि नै चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने सातौं स्थानमा रहेको कर्णाली याक्सका लागि दुई अंक थप गर्न यो खेल निकै महत्वपूर्ण रहेको छ।

Share Now