काठमाडौं, ३० कार्तिक । नेपालको बैंक तथा वित्तीय संस्थाका नियमन समेत गर्ने केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकमा विभिन्न पदमा १ सय १४ जनालाई रोजगारीको अवसर खुलेको छ ।
केन्द्रीय बैंकले सहायक निर्देशक अधिकृत तृतीयमा २१,सहायक निर्देशक अधिकृत तृतीय चार्टर्ड एकाउण्टटेण्टमा १०, सहायक निर्देशक बाणिज्य कानूनमा २,सहायक द्धितीय प्रशासनमा ६८ र सहायक द्धितीय सूचना प्रविधिमा १३ जना कर्मचारी आवश्यकता भएको जनाएको छ ।
कार्तिक २९ गते सार्वजनिक गरिएको यी विज्ञापनमा नियमित शुल्क तिरेर मंसीर १९ सम्म र दोब्बर दस्तुर तिरेर मंसीर २७ सम्म अनलाईनबाट आवेदन गर्न सकिनेछ ।
सहायक निर्देशकको पदमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ भने सहायककालागि प्रशासनमा १० जोड २ र प्राविधिकमा डिप्लोमा गरेको हुनुपर्नेछ ।
राष्ट्र बैंकको परीक्षामा पूर्व योग्यता,लिखित र अन्तरवार्ता गरी तीन चरणको परीक्षा पास गर्नुपर्दछ ।
हेर्नुहोस विज्ञापन :
https://drive.google.com/open?id=13–Yod6CZXsadZG_CjMKKqDkZ1B_fViW