Prakash Adhikari November 22, 2018

 

भैरहवा(रुपन्देही), ६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्ताहरुलाई पार्टीको कमी कमजोरी खोज्नभन्दा सरकारका कमी कमजोरी खोतलेर नंग्याउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

महासमिति बैठकमा पेश गरिने राजनैतिक प्रतिवेदनको लागि कार्यकर्ताको धारणा बुझ्ने र आम नागरिकका सरोकारका मुद्दाहरु समेट्ने उद्देश्यले हरेक प्रदेशमा थालिएको सुझाव संकलन कार्यक्रम अन्तरगत प्रदेश नं ५ को भैरहवामा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्नसमेत गर्नुभएके थियो ।

उहाँले पार्टीका नेताहरुले कम्युनिष्टहरुको नेतृत्वमा रहेको सरकारले गरेको गलत कामको विरोध गर्न छोडेर आफ्नो विरोध गरेमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो । उहाँले ‘नेकपाका नेता माधवकुमार नेपाल केपी ओली सरकारविरुद्ध बोल्न थाल्नुभएको उल्लेख गर्दै सत्तारुढ दलकै नेताले जति पनि सरकारको विरोध गर्न कांग्रेसका कार्यकर्ता अग्रसर नभएकोमा असन्तुष्टि जनाउदै देउवाले भन्नुभयो, ‘माधव नेपालको जति हिम्मत पनि हाम्रो नेतामा छैन् ? नेकपाको खिलाफमा बोल्नुस्, किन डराउनुहुन्छ ?’

उहाँले सरकार क्रमश अधिनायकवादतर्फ लम्किएको दावी पनि गर्नुभयो ।

उहाँले मुलुकमा हत्या, हिंसा बलात्कारका जस्ता जघन्य अपराधका घटना दिनप्रतिदिन बढ्दै गएकोले सरकार शासन गर्न असफल भएको जिकीर समेत गर्नुभयो ।

Share Now

Leave a comment.