काठमाडौं, १२ मंसिर । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल(इन्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएसन अफ नेपाल)को १७ बार्षिक साधरण सभाले भोजराज भट्टको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्वाचित गरेको छ ।
यही मंसिर ९मा सम्पन्न संघको साधारण सभाले नयाँ कार्य समितिको निर्वाचन गरेको हो ।
विगत छ वर्षदेखि संघमा आवद्ध भई विभिन्न पदमा कार्यरत रहेर योगदान गर्दै आउनुभएका नव निर्वाचित अध्यक्ष भट्टइन्टरनेट सेवा प्रदायक कम्पनी, नेटम्याक्स का प्रबन्ध निर्देशकमा कार्यरत हुनुहुन्छ ।
संघले नेपाल सरकारका विभिन्न निकायहरु र नेपाल दूर संचार प्राधिकरणको नियमनमा रही आफ्ना सदस्य सेवा प्रदायकहरुको हकहितको लागि अहम् भूमिका निर्वाह गर्दै आईरहेको छ ।
नेपालमा इन्टरनेट सेवाको गुणस्तर र विस्तारको लागि नेपाल सरकारको ब्रोण्डब्याण्ड इन्टरनेट पोलिसीलाई सहयोग हुने गरी विगत वर्षहरु देखि आफ्नो कार्य गर्दै आईरहेको छ । नेपालमा इन्टरनेट सेवाको सहज र सूलभ पंहुचको लागि संघको महत्वपूर्ण योगदान रहेदै आएको छ ।


















