Prakash Adhikari November 28, 2018

 

लण्डन(संयुक्त अधिराज्य),१२ मंसिर (बीबीसी)। फेसबुकका कार्यकारी अधिकारी रिचर्ड अलनलाई लन्डनमा विभिन्न नौ राष्ट्रका सांसदहरूले गलत सूचना र समाचारको अनपेक्षित अन्तर्रराष्ट्रिय चासोबारे प्रश्नहरू सोधेका छन्।

उपस्थित हुन भनिएका फेसबुकका संस्थापक मार्क जुकर्बर्ग अनुपस्थित भएपछि आक्रोशित राजनीतिकर्मीहरूले उनीमाथि रोष प्रकट गरेका हुन्।

उनीहरूले फेसबुकको नीति र कार्यशैलीसँगै बारम्बार संस्थापक जुकर्बर्गको अनुपस्थितिबारे प्रश्नहरू दोहोर्‍याए

प्रमाण

आर्जेन्टिना, बेल्जियम, ब्राजिल, क्यानाडा, फ्रान्स, आयर्ल्यान्ड, लाटभिया, सिङ्गापुर र ब्रिटेनका सांसदहरू उपस्थित सोधपुछ सत्रको नेतृत्व गरेका दामियन कोलिन्जले सप्ताहान्तमा एक व्यापारीबाट काम लाग्ला भनी जफत गरिएका दस्तावेजहरूमा सन् २०१४ मा सामाजिक सञ्जालमा रुसको दुराशयपूर्ण गतिविधिको फेसबुकलाई जानकारी भएको प्रमाण फेला परेको बताएका छन्।

फेसबुकले भने उत्तिखेरै आफ्ना इन्जिनियरहरू लगाई अनुसन्धान गरेको र उनीमाथि लगाइएको आरोप पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको बताएको छ।

फेसबुकका अलनले आन्तरिक कुराकानी र फेसबुकमा गरिने कुनै टिप्पणी वा अभिव्यक्तिलाई आधार बनाई कम्पनीको मूल्याङ्कन गर्न नहुने बताए।

Share Now

Leave a comment.