Prakash Adhikari December 9, 2018

कीर्तिपुर(काठमाडौं), २३ मंसिर । एभरेस्ट प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा ललितपुर प्याट्रीएट्सले चितवन टाईगर्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिंग रोजेको ललितपुरको खेल पहिलो दिनको उद्घाटन खेलकोभन्दा उत्कृष्ट रह्यो ।

ललितपुरले ओपनर कुशल भुर्तेललाई छैठौं ओभरमा जर्ज एन्ड्रुको बलमा गुमाउन पुग्यो जसले ३ रन बनाए। ५.३ ओभरमा २३ रन बनाउदा पहिलो विकेट गुमाएपछि धैर्यतापुर्वक ब्याटिंग गरिरहेका जयकिशन कोल्सावाला दशौँ ओभरमा पल स्टरलिङ्गको बलमा आउट भए। उनले २० रन बनाउन ३० बलमा १ चौका र १ छक्क प्रहार गरे।

तेश्रो नबरमा ब्याटिंग गर्न आएका गौरभ तोमार २९ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाएर ललित भण्डारी आउट भए।

१३ औं ओभरमा ६१र३ को योगफलमा पुगेको ललितपुरको इनिंगलाई त्यसपछि सोनु तामांग र सन्नी पटेलले सम्हाले। चौथो विकेटको लागि सोनु र सन्नीले २५ बलमा ४८ रनको साझेदारी गरेपछि सन्नीको १ बलमा १ छक्का थपेर १७ औं ओभरमा आउट हुन पुगे।

अघिल्लो खेलमा चौथो नम्बरमा ब्याटिंग गर्दै सर्वाधिक ४९ रन बनाएका कप्तान ज्ञानेन्द्र मल्लले पनि सन्नीकै बाटो समात्ने क्रममा ३ रन मात्रै बनाउन सके।

ज्ञानेन्द्रको विकेटपछि सातौँ नम्बरमा ब्याटिंग गर्न आएका सन्दिप जोरा र सोनुले छैठौं विकेटको लागि २८ रनको साझेदारी गर्दै टिमलाई राम्रो योगफलसम्म पुर्याए।

आक्रामक इनिंग खेल्ने क्रममा सन्दिपले ८ बलमा १ चौका र ३ छक्का मदतले २५ रन बनाए। इनिंगको अन्तिम ओभरमा सन्दिपले कमल सिंह ऐरिलाई ३ छक्का प्रहार गरेका थिए। सोनु तामांगले अविजित ३५ रन बनाउने कममा २४ बलमा ३ छक्का र १ चौका प्रहार गरे।

फलस्वरुप ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रनको योगफल तयार गर्यो।

चितवन टाइगर्सको बलिङ्गतर्फ जर्ज स्कटले सर्वाधिक २ विकेट लिए भने पल स्टरलिङ्ग, ललित भंदैर र कमल सिंह ऐरिले समान १ विकेट लिए। महँगो सावित भएका कमलले ४ ओभरमा ३० रन खर्चिए जुन क्रममा अन्तिम ओभरमा मात्रै २० रन खर्चिन पुगे।

प्लेयिंग ११ (ललितपुर प्याट्रीएट्स) – जयकिशन कोल्सावाला, कुशल भुर्तेल, गौरभ, तामांग, पवन सर्राफ, सन्नी पटेल, सन्दिप जोरा, ज्ञानेन्द्र मल्ल ( कप्तान ) , रशिद खान, सन्दिप लामिछाने, ललित राजबंशी

प्लेयिंग ११ ( चितवन टाईगर्स ) – जर्ज स्कट, जोन सिम्प्सन, पल स्टरलिङ्ग, दिपेन्द्र ऐरि, दिलिप नाथ, पृथु बास्कोटा ( कप्तान ) , कमल सिंह ऐरि, ललित सिंह भण्डारी, सागर ढकाल, शाहब आलम, भिम शार्की

Share Now

Leave a comment.