कीर्तिपुर, २३ मंसीर । नेपालको घरेलु लिग एभरेष्ट प्रिमियर लिग क्रिकेट टी २० अन्तरगतको तेस्रो खेल आईतबार दिउसो १ बजेदेखि त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुँदैछ ।
भैरहवाको नेतृत्व शरद् भेषवाकरले गर्दैछन भने पोखराको नेतृत्व स्कटल्याण्डका कप्तान समेत रहेका कायल कोट्जरले गर्दैछन् ।
पोखराको टिममा शक्ति गौचन, बिनोद भण्डारी, सुनिल धमला, सौरभ खनाल र दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभी जस्ता खेलाडीहरु टिममा रहेका छन्।
अर्कोतर्फ भैरहवामा शरदसंगै राष्ट्रिय टिमका अन्य खेलाडीहरु आरिफ शेख, रोहित पौडेल, भुवन कार्की, दिपेश श्रेष्ठ तथा कृष्ण कार्की, हरिशंकर शाह जस्ता खेलाडीहरु पनि छन्। बिदेशी खेलाडीको रुपमा युएई बलर मोहम्मद नबिद, नेदरल्याण्ड क्रिकेटर रायन टेन डोस्काटे (नेदरल्याण्ड) र भारतीय खेलाडी रबि इन्दर सिंहको उपस्थितिले टिमलाई मजबुती दिएको छ।
भैरहवा ग्लाडीएटर्स : शरद भेषावकर(कप्तान), प्रदिप ऐरी, आरिफ सेख, रोहित कुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, कृष्ण कार्की, हरिशंकर शाह, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा , बिदेशी खेलाडी : मोहम्मद नबिद (युएई), रबि इन्दर सिंह, रायन टेन डोस्काटे (नेदरल्याण्ड)
पोखरा राइनोज : शक्ति गौचन, विनोद भण्डारी, सुशन भारी, सुनिल धमला, राजेश पुलामी मगर, सौरभ खनाल, विपिन खत्री, किशोर महतो, सुवेन्दु पाण्डे, विक्रम शोब, नन्दन यादब , बिदेशी खेलाडी : कायल कोट्जर ( कप्तान ) (स्कटल्याण्ड) , रिचर्ड लेभी (दक्षिण अफ्रिका), पल् कोग्लिन (इंग्ल्याण्ड), सन्नी भिमसारिया (हंगकंग)


















