Prakash Adhikari December 9, 2018

 

कीर्तिपुर(काठमाडौं), २३ मंसिर । एभेरेष्ट प्रिमियर लिग अन्तरगत त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा आईतबार बिहान भएको दोस्रो खेलमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्ससलाई ११ रनले पराजित गर्दै पहिलो जित निकालेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेटको क्षतीमा १ सय ४३ रन बनाएर चितवनलाई १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

२० ओभरको खेलमा ८ विकेटको क्षतिमा चितवनले जम्मा १ सय ३२ रन बनाउन सक्यो र ११ रनको अभावमा पराजय झेल्न बाध्य भयो ।

२ रन हुँदा पहिलो विकेट गुमाएको चितवनले १६ रन बनाउदा तीन विकेट खेर फाल्यो । ओपनर दिलीप नाथ र विस्फोटक ब्याट्सम्यान पउल स्ट्रलिङ मात्र एक एक रनमा आउट भए भने अर्का विदेशी खेलाडी जोन सिमसन पनि १३ रनमा पेभेलियन फर्किए ।

टिम निकै दबावमा रहेका केला कप्तान पृथु बास्कोटा र दिपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । तर पृथु २६ रनमा आउट भएपछि चितवनले ६० रनमा चौथो विकेट गुमायो । त्यसपछि चितवनको स्कोर ९७ रन हुँदा पाँचौ विकेट गयो । उसका भिम शार्कीलाई सन्नी पटेलले २१ रनमा पेभेलियन फर्किए ।

लगत्तै राम्रो लयमा खेलिरहेका दिपेन्द्र ऐरी ४१ रनमा आउट हुदा चितवनले एक सय ९ रनमा ६ विकेट खेर फाल्यो । जसका कारण उसको पारी पुर्ण रुपमा लडखडायो । त्यसको लगत्तै कमल ऐरी पनि एक रनमा मात्र आउट भएपछि चितवनले एक सय १० रनमा सातौ विकेट खेर फाल्यो । त्यसपछि जर्ज स्कटले अन्तिममा १७ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

जसमा सन्दिपले तीन विकेट लिए भने सन्नी पटेलले दुई विकेट चट्काए । यस्तै गौरव तमोर र ललित राजवंशीले एक एक विकेट लिए ।

सुरुवात त ललितपुरको पनि त्यति राम्रो थिएन । २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३ रन हुँदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि गौरव तमोर पनि ब्यक्तिगत ३० रनमा पेभेलियन फर्किएपछि ललितपुरले ३० रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि टिमको स्कोर एक सय ११ रन हुँदा ललितपुरले चौथो विकेटका रुपमा सन्नी पटेललाई १९ रनमा गुमायो ।

फितलो ब्याटिङ गरेको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लपनि मात्र तीन रनमा आउट भएपछि एक सय १४ रनमा पाँचौ विकेट खेर फाल्यो । अन्तिममा सन्दिप जोराले आक्रामक २५ तथा सोनु तामाङले ३० रन बनाए । बलिङमा जर्ज स्कटले दुई विकेट लिए ।

Share Now

Leave a comment.