कीर्तिपुर(काठमाडौं),४ पुस । एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सको यात्रा टुंगिएको छ । आज सम्पन्न खेलमा भैरहवासंग ४ विकेटले पराजित भएपछि उसको अगाडिको यात्रामा ब्रेक लागेको हो ।
आजको क्वालिफायर खेलमा विजयी बनेको भैरहवाले भने फाईनल प्रवेशका लागि काठमाडौं किंग्स् ११ संग प्रतिस्पर्धा गर्नुपर्नेछ । ललितपुर प्याटियोट्स ले भने फाइनलको यात्रा सुरक्षित गरिसकेको छ ।
भैरहवाद्धारा सहज जीत दर्ता
चितवनबाट १४० रनको लक्ष्य पाएको भैरहवाले १९ औं ओभरको दोस्रो बलमा नै ६ विकेट गुमाउदै १ सय ४२ रन बनाएर खेलमा जित दर्ता गर्ने सफलता पाएको छ ।
भैरहवाका तर्फबाट पीएस ऐरीले ४२,शरद भेषवाकर २९, कुशल मल्ल २७, रोहित कुमार पौडेलले २४ रन र आरिफ शेखले ६ रन बनाए । त्यस्तै मोहम्मद नविद् र रवी इन्दर सिंहले चार चार रन जोडे ।
बलिड. तर्फ चितवनका केएस ऐरीले ३, डिएस ऐरी र सहाव आलम एक विकेट तथा एलएस भण्डारीले एक मेडन लिए ।
चितवनको इनिड.
यस पहिले एभरेष्ट प्रिमियर लिग अन्तर्गतको बुधबारको इलिमिनेर खेलमा पहिले ब्याटिंग गर्दै चितवन टाइगर्सले २० ओभरमा ८ विकेट गुमाएर १सय ३९ रनको योगफल तयार गरेको थियो।
खेलमा बिजयी हुने टिमले दोश्रो क्वालिफायरमा काठमाडौँ किंग्स ११ संग प्रतिस्पर्धा गर्नेछ आजको विजेताले शनिवार खेलिने फाइनलमा ललितपुर प्याट्रीएट्ससंग खेल्नेछ।
पहिलो क्वालिफायर खेलमा काठमाडौं किंग्स् ११ ललितपुर प्याट्रीएट्ससंग पराजित भएको थियो।
खेलमा टस हारेर फिल्डिंग गर्ने क्रममा चितवनको सुरुवात राम्रो हुन सकेन। सन्दिप सुनार ४ रनमा क्याच आउट भए। त्यसपछि लगत्तै अर्का ओपनर पल स्टरलिङ्गलाई १४ रनमा मोहम्मद नबिदले क्याच आउट गराए।
पाँचौ ओभरमा कप्तान पृथु बास्कोटा ११ बल खेले तर खाता नखोल्दै आउट भए । ४।३ ओभरमा चितवनले ३ विकेटको क्षतिमा २४ रन जोडेको थियो ।
चौथो नम्बरमा आएका जोन सिम्पसन र दिपेन्द्र ऐरिले चौथो विकेटको लागि ३१ रनको साझेदारी गरे । जसमा सिम्पसनले १५ बलमा २ चौकासहित १४ रन जोडे । उनी नवौं ओभरमा भुवन कार्कीको सिकार भए।
पाँचौ विकेटको लागि दिपेन्द्र ऐरी र भिम सार्कीले २० रनको साझेदारी गरे । यस क्रममा भिमले ९ रन जोडे। त्यसपछि ऐरिले जर्ज स्कटसंग २० रनको साझेदारी गरे। स्कटलाई पनि अविनाश बोहराले ९ रन मा नै आउट गरे ।
खेलमा दिपेन्द्र ऐरीले अर्धशतक पूरा गरे भने विदेशी खेलाडी रायन टेन डेस्काटेले १७ औं ओभरमा लगातार ४ चौका प्रहार गर्दै एकै ओभरमा कुल १९ रन बटुल्दै दोश्रो अर्धशतक पूरा गरे।
अर्धशतक बनाए पछि ऐरि ५६ रन बनाएर मोहम्मद नबिदको बलमा १९ औं ओभरमा आउट भए। कमल सिंह ऐरि त्यसपछि १३ रन बनाएर आउट भए भने अन्तिममा ललित भण्डारी ४ रन बनाएर अविजित रहे।
यसरी चितवनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको योगफल खडा गर्यो।
भैरहवाको बलिङ्गमा युएई क्रिकेटर समेत रहेका मोहम्मद नबिदले ३ र अविनाश बोहराले २ विकेट लिए भने रायन टेन डेस्काटे, कृष्ण कार्की र भुवन कार्कीले समान एक एक विकेट लिए।


















