Prakash Adhikari January 21, 2019

सानेपा(ललितपुर),६ माघ । नेपाली काँग्रेसको भातृ सस्थाको मान्यता पाएको प्रवासी नेपालीहरुको संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका संगठन विभाग प्रमुख तथा महासमिति सदस्य वेद खरेलले हालै सम्पन्न महासमिति बैठकद्वारा पारित विधानमा जनसम्पर्क समिति सम्वन्धमा केही दफाहरू संशोधन गर्न माग गर्दै केन्द्रीय कार्यलयमा निवेदन दर्ता गराउनुभएको छ ।

महासमिति बैठकले जनसम्पर्क समिति गठनका सम्बन्धमा केही कठोर व्यवस्था गरेको छ । म जनसम्पर्क समितिको सदस्य हुनका लागि नेपाली नागरिकता र राहदानी अनिवार्य गर्नुका साथै नेपालको स्थायी ठेगनामा मतदाता नामावाली रहेको ठाँउ खुलाउनु पर्ने भन्ने व्यवस्था थप गरिएको छ ।

हाल विदेशमा रहेकामध्ये अधिकांश नेपालीको मतदाता नामावालीमा नाम नभएकोले त्यो व्यवस्थाले प्राय मुलुकमा सदस्य बन्ने व्यक्ति पाउनै मुस्किल हुने भन्दै केन्द्रीय कमिटी बैठकबाट परिमार्जन गर्न वेद खरेलले आग्रह गर्नुभएको छ । ‘मतदाता नामावलीको प्रावधानले जनसम्पर्क समिति एक हातले दिने अर्को हातले नदिने भने जस्तै भयो, अहिले व्यवस्था भए अनुसार नै विधान केन्द्रीय समितिले पारित गर्यो भने धेरै देशमा जनसम्पर्क समितिका लागि सदस्यनै पाइदैन, समिति नै बन्दैन ,’ अहिले खरेलले निवेदन दर्ता गरेपछि फेसबुकमार्फत भन्नुभएको छ ।

जनसम्पर्क अमेरिका संगठन विभाग प्रमुख खरेलले नागरिकताको बारेमा पनि कठोर नहुन आग्रह गर्नुभएको छ । ‘नागरिकता र राहदानीका कारण जनसम्पर्क समितिको सदस्य नै बन्न रोक्न हुदैन, बरू महासमिति सदस्य, महाधिवेशन प्रतिनिधीमा अनिवार्य गर, साधरण सदस्यमा नै अनिवार्य गर्दा सदस्य नै पाइदैन ’, उहाँले भन्नुभएको छ ।

खरेलले विश्वभरमा रहेका जनसम्पर्क समितिका पदाधिकारीहरूलाई आ(आफ्नो क्षेत्रबाट दवाव बढाउन पनि अनुरोध गर्दै ‘केन्द्रीय समिति बैठक बस्नु अगाडि नै सबै नेताहरूलाई विधानमा देखिएका अव्यवहारिक पक्षबाट जानकारी आग्रह गर्नुभएको छ ।

काँग्रेस केन्द्रीय समिति बैठक माघ १० गते बस्दै छ । सो बैठकले महासमिति बैठकबाट पारित विधानलाई अन्तिम रूप दिने छ ।

Share Now

Leave a comment.