Prakash Adhikari February 17, 2019

काठमाडौं, ५ फागुन । शुक्रबार रिलिज भएर एक दिनमा नेपाल र नेपाली रहेका विश्वभरका प्राय सबै देशमा तहल्का मच्चाएको गायक पशुपति शर्माको लुट्न सके लुट कान्छा भन्ने गीत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको युवा दस्ता युवा संघ नेपालले धम्की दिएपछि युटुबबाट हटाउनु परेको छ ।

वर्तमानमा शक्तिको आडमा भएका विसंगतिलाई आफ्ना मार्मिक शब्द र मधुर बाणि सहितको संगीतले सजाएर समस्त नेपालीसमक्ष पुगेका गायक शर्माले राष्टपतिको हेलिकोप्टर मोह, सुन काण्ड,वाईडबडी काण्ड, चिकित्सा,शिक्षा,निजामती सेवा लगायत समाजमा व्याप्त विकृतिप्रति कटाक्ष गरेका छन् ।

https://youtu.be/U5jYvzXFfHc

 

सत्तारुढ दलका कार्यकर्ताको आक्रोशपूर्ण धम्कीपछि उनले शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै आफूले कुनै राजनैतीक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत नबनाएको उल्लेख गर्दै कुनै राजनैतिक दल या संस्था संग मेरो कुनै किसिमको पूर्वाग्रह नभएको बताएका छन् ।

उनले गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गरेर स्रोतासामु आउने बताएका छन् । गायक शर्माले गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्नेमात्र लक्ष्य रहेको पनि स्पष्ट पारेका छन् ।

यसैबिच विवेकशील साझा युवा संगठनले राष्टका प्रतिभा र गहना जस्ता गीतकार, गायक र कलाकारहरुको कलाको सम्मान गर्नुपर्नेमा उल्टो उनीहरुलाई सत्ताको आडमा धम्याइएको घट्नालाई गम्भिरतापूर्व लिएको जनाएको छ ।उसले नेपालको संबिधानको धारा १७ को उपधारा २ (क) को बिचार र अभिब्यक्तिको हक, धारा १९ को उपधारा १ को संचारको हकको प्रतिकुल तथा राष्ट्रिय कलाकारको अपमान भएको निश्कर्ष निकालेको छ।

युवा जोश र सिर्जनात्मकतालाई सही ढंगले सदुपयोग गर्नु पर्नेमा देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र बेथितिमाथि कटाक्ष गरिएको गीत गाउने गायकलाई आक्रोशपूर्ण शैलीमा धाक(धम्की मिश्रित शब्दहरुले हतोत्साही गर्ने कार्यलाई अत्यन्तै निन्दनीय कार्य भनेको छ।

पछिल्लो समयमा देशमा सुशासन कायम गर्ने राज्यका जिम्मेवार निकायका अधिकारीहरु नै भ्रष्टाचार र कुकृत्यमा लागेका समाचारहरु सार्वजनिक हुनु, सत्तापक्ष र प्रतिपक्षबाट स्पष्ट राजनीतिक प्रतिबद्धता नआउनु र एकपछि अर्को अनियमितताका खबरहरु आउँदा पनि सरकारले त्यसका विरुद्ध स्पष्ट हस्तक्षेपकारी भूमिका नखेल्नु बिडम्बनापूर्ण भएको संगठनले बताएको छ।

यो गीत कति लोकप्रिय भएको छ भने यसका प्रशंसकहरुले यो गीतको म्युजिक भिडियोमा नेताहरुको एनिमेटेड तस्वीर राखेर भ्युजुअल बनाएर छ्याप्छ्याप्ती बनाएका छन् । ल हेर्नुस त :

https://www.youtube.com/watch?v=ZrqlGoejQKA

Share Now

Leave a comment.