Prakash Adhikari February 17, 2019

 

धनगढी(कैलाली),५ फागुन । धनगढी प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले सिवाईसी अत्तरियालाई ७ विकेटले पराजित गरेको छ।

योसंगै महेन्द्रनगरले प्लेअफ चरणमा पुग्ने आफ्नो संभावनालाई जीवितै राखेको छ ।

प्रतियोगितामा पहिलो जित निकालेको महेन्द्रनगरको यसअघि २ खेल बर्षाले रद्द भएपछीत बाडिएको १ । १ अंक र यो जितका २ अंकसहित जम्मा ४ अंक लिएर चौथो स्थानमा उक्लेको छ। ३ खेलबाट ५ अंक रहेको काठमाण्डौ र समान ३ खेलबाट समान ४ । ४ अंक भएका अत्तरिया र रुपन्देही क्रमशः तेस्रो र चौथो स्थानमा छन्। पाचौं स्थानमा रहेको विराटनगरको ४ खेलबाट ४ अंक छ। धनगढी स्टार्स भने खेलबाट लगभग बाहिरिसकेको छ ।

सिवाईसी अत्तरियाले प्रस्तुत गरेको ५५ रनको लक्ष्य महेन्द्रनगर युनाइटेडले २ बल अगावै मात्र ३ विकेट गुमाएर पुरा गर्यो। महेन्द्रनगरका लागि १।४ ओभरमा सुब्रमन्यम आनन्द र मोहम्मद नाविदले १४ रनको साझेदारी गरे। नाविद एक छक्का प्रहार गरेर आउट भए।

आनन्दले शरद भेसावकरसँग १३ रनको साझेदारी गरेपछि शरदपनि ५ रनमा पेभेलियन फर्किए। तेस्रो विकेटको रुपमा आनन्द पनि १७ रन को व्यक्तिगत स्कोरमा आउट भए। ३ विकेटको क्षतिमा महेन्द्रनगरले ३२ रन बनाएको थियो।

चौथो विकेटको लागि आरिफ शेख र कुशल मल्लले २।२ ओभरमा अविजित २३ रनको साझेदारी गर्दै खेल आफ्नो पक्षमा पारे। आरिफले ७ बलको सामना गर्दा १ चौका र १ छक्का सहित १५ रन तथा कुशलले ८ बलमा ६ रन बनाए।

अन्तिम ओभरमा जितको लागि २ रन आबश्यक रहेपछि सन्नी पटेलले सुरुवाती २ बलमा कुशल मल्ललाई कुनैपनि रन नदिंदा खेल रोमान्चक अवस्थामा पुगेको थियो। तेस्रो बलमा कुशलले १ रन र चौथोमा आरिफले १ प्रहार गरे। बलिंगतर्फ भुवन कार्कीले १ ओभरमा २ विकेट लिंदा १८ रन खर्चिए। दिपेन्द्र रावतले १ विकेट लिए ।

बर्षाले गर्दा ६ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको अत्तरियाले ५ विकेटको क्षतिमा ५४ रन बनाएको थियो। उसका लागि ओपनिंग गर्न आएका सन्नी पटेल र जयकिशल कोल्सवालाले २।४ ओभरमा ३० रनको साझेदारी गरे। पटेलले १९ रन र कोल्सवालाले १० रन बनाए।

तेस्रो ओभरको अन्तिम दुई बलमा दुबै ओपनिंग ब्याट्सम्यानलाई सागर ढकालले आउट गरे। सागरले एक ओभर बलिंग गर्दै ९ रन दिएर २ विकेट हात पारे।

त्यसपछि सन्दिप जोरा ४ रन र कमल ऐरी एक बल खेल्दै शुन्य रनमा अभिनास बोहराले गरेको पाचौं ओभरको पहिलो र तेस्रो बलमा आउट भए। कप्तान दिपेन्द्र ऐरी पनि पाचौं विकेटको रुपमा शरद भेसावकरको बलिंगमा ४७ रनको योगफलमा आउट भए। उनले ७ बलमा १ चौका सहित १० रन बनाए।

भुवन कार्की र रित गौतम समान ४ रनमा अविजित रहे।

सागर ढकाल प्लेयर अफ द म्याच घोषित भए।

Share Now

Leave a comment.