ललितपुर, १० फागुन । ललितपुरको एकान्तकुना अवस्थित एनसेलको टेक्निकल अफिसमा शक्तिशाली बम पड्केको खबर छ ।
नेपाल प्रहरीले प्रेसर कुकर बम पड्केको बताएको छ ।
विष्फोटमा तीन जना घाइते भएको र एकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
अन्य क्षतिको विवरण आउन बाँकी रहेको छ ।








