काठमाडौं, २२ फागुन ।कतारको दोहामा अवस्थित ग्रुप सेक्युरिटी सिस्टम सर्टिस सिस्को इन्टरनेशनले १ सय ८० जवान सुरक्षा गार्डको माग गरेको छ ।
सामाखुशीस्थित ग्लोबल रिलायन्स ओभरसिज प्रा.लि.ले जनाए अनुसार ४७ हजार रुपैया प्रतिमहिना तलब हुने यस कम्पनीमा हप्ताको ६ दिन काम गर्नुपर्ने छ ।

छनौटमा परेका उम्मेदवारहरुको लागि निशुल्क भिसा र हवाई टिकट उपलब्ध हुने कम्पनीले जनाएको छ । खाना र बस्ने सुविधा पनि कम्पनी आफैले उपलब्ध गराउने जनाइएको छ ।
कर्मचारीको बीमा कम्पनीले ब्यहोर्ने छ भने जानु अगाडिको मेडिकल खर्च उम्मेद्वार आफैले व्यहोर्नुपर्ने छ ।
कम्पनीले छनौटमा परेका उम्मेदवारले प्रति व्यक्ति रु १० हजार सेवा शुल्क बुझाउनुपर्ने जनाएको छ ।
| Particular | Details |
|---|---|
| Recruiting Agency | Global Reliance Overseas Services Pvt.Ltd |
| Company Name | Group Security System CERTIS CISCO INTERNATIONAL |
| LT No. | 218018 |
| No. of Vacancies | 180 |
| Areas of Specialization | Security Guard, |
| Needed Skills | Security Guard, |
| Minimum Qualification | SLC Passed |
| Working Experience | According to position. |
| Salary Range (Nrs.) | Nrs. 47000 – 50000 |
| Visa Ticket | Provided |
| Food/ Accommodation | Provided |
| Service Charge (Nrs.) | Nrs. 10000 |
| Pre-medical in Nepal | Not Provided |
| Employment Insurance | provided by Hiring Company |
| Contract Period (in yrs) | 2 years |


















