कराँची(पाकिस्तान),२६ फागुन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध लाहोर क्वालान्दर्स सेमिफाइनल पुग्नबाट बञ्चित भएको छ । लाहोरको सेमिफाइनल र फाइनलमा पुग्ने मार्गमा कराँची किंग्स अवरोधको रुपमा उपस्थित भयो ।
Pakistan Super League
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| QG | 10 | 7 | 3 | 14 | 0.376 |
| PZ | 9 | 6 | 3 | 12 | 0.566 |
| IU | 10 | 5 | 5 | 10 | 0.127 |
| KK | 9 | 5 | 4 | 10 | -0.403 |
| LQ | 9 | 3 | 6 | 6 | -0.572 |
| MS | 9 | 2 | 7 | 4 | -0.145 |
पाकिस्तानको घरेलु क्रिकेटको चर्चित लिग मानिएको पाकिस्तान सुपर लिग अन्तरगत आइतबार कराँचीमा भएको २८ औं खेलमा कराँची किंग्सले क्वेटा ग्लाडियटर्सलाई १ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिड गरेको कराँची किंग्सले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ९० रन जोडेको थियो ।
१ सय ९१ रनको लक्ष्य पछ्याएको क्वेटा ग्लाडियटर्सले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा जम्मा १ सय ८९ रन जोड्न सक्यो र १ रनले पराजय भोग्नु पर्यो ।
यो जितसंगै कराँची किंग्स १० अंकसहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
समान ९ । ९ खेल खेल्दा सन्दीप आबद्ध लाहोर क्वालन्दर्स भने ६ अंकसहित पाचौ स्थानमा सीमित छ ।
लिग चरणका १० खेल मध्ये कराँची र लाहोरले अझै १ । १ खेल खेल्न बाँकी रहेको छ ।
कराँची किंग्सले पेशावर जाल्मीसंग खेल्न बाँकी छ भने सन्दीपको लाहोर क्वालन्दर्सले मुल्तान सुल्तानसंग खेल्न बाँकी छ ।
९ खेलमा ६ जित र ३ हारसहित १२ अंक बटुलेको पेशावर जाल्मीसंग हारे पनि जितेपनि दुवैलाई कुनै फरक पर्ने छैन ।
दुवै टिमको अगाडिको यात्रा सुनिश्चित छ ।
यता मुल्तानसुल्तानसंंगको खेल जिते पनि लाहोरको अंक ८ मा सीमित हुनेछ । उसले अगाडिको यात्रा तय गर्न पाउने छैन् ।
आइतबारको खेलमा कराँची पराजित भएको भए र मुल्तानसुल्तानलाई लाहोरले जितेको भएमात्र लाहोरको अगाडिको यात्राको संभावना हुन्थ्यो । तर त्यसका लागि कराँचीलाई पेशावर जाल्मीले पनि पराजित गर्नुपर्दथ्यो ।
सन्दीपको लाहोरको लागि यस अगाडिको इस्लामावाद युनाइटेडसंगको हार निकै महंगो पर्न गयो ।
सो खेल जितेको भए उसले फाइनलसम्मको यात्रा तय गर्न सक्दथ्यो ।
पाकिस्तान सुपर लिगमा सन्दीप आबद्ध लाहोरलाई यसपटक भाग्यले पनि त्यति साथ दिएको देखिएन । पाकिस्तानमा हुने खेलहरु लाहोरमा हुने तय भएको थियो । यो लाहोर क्वालान्दर्सको गृह मैदान थियो । तर भारत र पाकिस्तानबीच चलेको द्धन्द्धले सबै खेल कराँची सारियो । यसको भरपूर लाभ कराँची किंग्सलाई भयो । आइतबारको खेलमा कराँचीले निकै बलियो मानिएको क्वेटा ग्लाडियटर्सलाई पराजित गर्यो ।
युएईमा निर्धारित खेलहरु सकिएपछि लाहोर क्वालन्दर्सका महत्वपूर्ण ब्याट्सम्यान एबी डे भिलियर्स ढाँड सड्केर खेल्न नसक्ने भए । यसको असर उसलाई यस अगाडिको इस्लामावाद युनाइटेडसंगको खेलमा देखियो । बाउण्ड्र्ी घटाइएको भनिएको सो खेलमा लाहोरले अपेक्षित छक्का र चौका हिर्काउन पाएन ।
आज २ : ४५ मा हुने खेलपछि नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने झोला बोकेर फर्कनुको विकल्प रहेन् । यो खेलको नतिजाले समग्र प्रतियोगितालाई कुनै असर नपर्ने देखिन्छ । यद्यपि टिमहरुको सामाथ्र्यमा र खेलाडीहरुको व्यक्तिगत स्कोरमा भने यसको प्रभाव रहन्छ ।
आजको खेलमा लाहोरले जितेमा उ अंक तालिकामा ८ अंक सहित पाँचौ स्थानमा रहनेछ भने हारेमा मुल्तान-सुल्तान र उसको समान अंक रहने छ ।


















