Prakash Adhikari December 27, 2017

कीर्तिपुर(काठमाडौँ) १२ पौष । एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई २७ रनले हराउँदै ललितपुर प्याट्रियट्स दोश्रो क्वालिफायरमा पुगेको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखरा १९दशमलव १ ओभरमा १ सय ११ रनमा सीमित भयो।

पोखराका सुशन भारीले २७, ओपनर इशुल्लाहले २५ र किशोर महतोले २३ रन जोड्नु बाहेक अन्य कुनै व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
पोखरलाई सहजै समट्ने क्रममा ललितपुरका सन्दिप लामिछानेले ३, राशिद खान, पवन श्राफ र सन्नी पटेलले समान २÷२ विकेट लिए।

यसअघि टस हारेर पहिले व्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३८ रनको योगफल खडा गरेको थियो ।
ललितपुरका सन्नी पटेलले अविजित ३८ र अ‍ोपनर शंकर रानाले ३४ रनको योगदान दिए ।

पोखराका इशुल्लाहले ३ र सुशन भारीले २ विकेट लिए।

ललितपुरले बिहीबार हुने प्लेअफमा भैरहवा ग्लाडिएटर्सको सामना गर्नेछ ।

Share Now

Leave a comment.