Prakash Adhikari December 27, 2017

काठमाडौं, १२ पौष । लगानी बोर्डले चिनियाँ कम्पनी हुवाजिनसँग प्रारम्भिक आयोजना लगानी सम्झौता गरेको छ ।

बोर्डले नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हुवाजिनसँग बुधबार प्रारम्भिक लगानी सम्झौता गरेको हो ।

संझौतापत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महाप्रसाद अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि लिउ च्याङ्गोले हस्ताक्षर गरेका छन् ।

सम्झौतालाई लगानी बोर्डको बोर्ड बैठक र हुवाजिनको बोर्डले अनुमोदन गरेपछि आयोजना लगानीको अन्तिम लगानी सम्झौता छ ।

हुवाजिनलाई १२ मंसिरमा खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएसँगै आयोजना लगानी सम्झौताको प्रक्रिया अघि बढाइएको हो ।विगतमा खानी नपाएका कारण यसको लगानी सम्झौता हुन सकेको थिएन ।

हुवाजिनको उत्पादन क्षमता दैनिक तीन हजार टन निर्धारित गरिएको छ । उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र १ हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने लगानी बोर्डले जानकारी दिएको छ ।

२०७२ सालको पौष ५ मा नै यो कम्पनीको वैदेशिक लगानी स्वीकृत भएको हो ।
हुवाजिन चीनको उत्कृष्ट १० मध्ये ७ औ नम्बरमा पर्दछ । यसको बार्षिक उत्पादन क्षमता ७० मिलियन टन(७ करोड १० लाख टन) छ । यसको मुख्यालय हुवेई प्रान्तमा रहेको छ ।

Share Now

Leave a comment.