वासिङटन(संयुक्त राज्य अमेरिका), ३० फागुन(एजेन्सीहरु)। यात्रुहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै सुरक्षाका लागि विमान भूमिस्थ गर्ने कम्पनीहरुको निर्णयको सम्मान गर्दै यसमा उठेका प्रश्नहरुको समाधान नहुँदासम्म आवश्यक परे उडानमा रहेका सबै विमान भूमिस्थ गर्न पनि नियमन निकाय एफएएलाई अनुरोध गरे पछि अमेरिकाको नागरिक उड्डयन क्षेत्रको नियमकारी निकाय एफएएले बोइड. कम्पनीमा निर्मित ७३७ म्याक्स ८ सेरिजका विमानहरुको उडानमा अस्थायी रोक लगाएको छ ।
एफएएले आज विहानमात्र सो निर्णय गरेको हो ।
आइतबार इथियोपियन एयरलाइन्सको सो मोडेलको विमान दुर्घटना भएपछि अमेरिकी सिनेटर र विमान क्षेत्रका कामदारहरुले विमान ग्राउन्डेड गर्न दबाब दिइरहेका थिए।
#FAA Emergency Order effective immediately, prohibits the operation of @Boeing Model 737-8 and 737-9 MAX airplanes by U.S. certificated operators. https://t.co/NPAWXjTmRP https://t.co/lkEbuWhpLs
— The FAA ✈️ (@FAANews) March 13, 2019
आइतबार इथियोपियाबाट केन्याको नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको म्याक्स ७३७ मोडेलको बोइङ विमान उडेको केही मिनेटमै दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवार एक नेपाली सहित १ सय ५७ जनाकै मृत्यु भएको थियो।
विमानमा ३५ देशका नागरिकहरु सवार थिए भने केही संयुक्त राष्ट्रसंघका कर्मचारी पनि रहेका थिए।
पछिल्लो पाँच महिनामा ७३७ म्याक्स ८ मोडेलको विमान दुईपटक दुर्घटना भइसकेको छ। गत अक्टोबरमा इण्डोनेशियाको लायन्स एयरको सोही मोडेलको विमान दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवार १ सय ८९ जनाको मृत्यु भएको थियो।
विश्वभर सो मोडेलको ३५० विमानहरुले व्यावसायिक उडान गरिरहेको छ। २०१७ बाट व्यावसायिक उडान सुरु गरेको उक्त अमेरिकी बोइङ विमान पाँच महिनामा दुईपटक दुर्घटनामा भएपछि सो मोडेलको विमानको सुरक्षालाई लिएर प्रश्न उठेको हो।
दुर्घटनाका कारण भारत, सिंगापुर,चीन इथियोपिया, इन्डोनेसिया, बेलायत, आयरल्यान्ड, जर्मनी , न्यूजिल्यान्ड,हङकङ, भियतनाम, केमन टापुको केमन एयरलाइन्स लगायतले पनि वोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकेका छन् ।
विश्वभर वोइङ ७३७ म्याक्स ८ विमानमाथि प्रतिबन्ध लगाइदा अमेरिकामा पनि यस विषयमा व्यापक छलफल भइरहेको बताइएको छ।
डेमोक्रेटबाट आगामी राष्ट्रपति निर्वाचनमा प्रत्याशीका उम्मेदवार मानिएका एलिजावेथ वारेनले एफएएले अरु राष्ट्रले बोइङमा लगाएको प्रतिबन्धलाई आत्मसात गर्दै अमेरिकी आकाशबाट विवादित मोडेलको विमान हटाउनुपर्ने तर्क गरेकी थिइन।
रिपब्लिकन सिनेटरहरुले समेत एफएएले यात्रुहरुको सुरक्षालाई ध्यान दिँदै दुर्घटनाको कारण पत्ता नलागेसम्म म्याक्स ७३७ विमान ‘ग्राउन्डेड’ गर्न एफएएसँग माग गरेका थिए।

March 13, 2019 – Boeing continues to have full confidence in the safety of the 737 MAX. However, after consultation with the U.S. Federal Aviation Administration (FAA), the U.S. National Transportation Safety Board (NTSB), and aviation authorities and its customers around the world, Boeing has determined — out of an abundance of caution and in order to reassure the flying public of the aircraft’s safety — to recommend to the FAA the temporary suspension of operations of the entire global fleet of 371 737 MAX aircraft.
“On behalf of the entire Boeing team, we extend our deepest sympathies to the families and loved ones of those who have lost their lives in these two tragic accidents,” said Dennis Muilenburg, president, CEO, Chairman of The Boeing Company.
“We are supporting this proactive step out of an abundance of caution. Safety is a core value at Boeing for as long as we have been building airplanes; and it always will be. There is no greater priority for our company and our industry. We are doing everything we can to understand the cause of the accidents in partnership with the investigators, deploy safety enhancements and help ensure this does not happen again.”
Boeing makes this recommendation and supports the decision by the FAA.
अमेरिकी विमान निर्माता कम्पनी बोइङले केही महिनादेखि सो मोडेलको विमानका लागि ‘फ्लाइट कन्ट्रोल सफ्टवेयर इन्ह्यान्समेन्ट’ प्रविधि विकास गरिरहेको पुष्टि गरिसकेको छ।
यात्रुहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै सुरक्षाका लागि विमान भूमिस्थ गर्ने कम्पनीहरुको निर्णयको सम्मान गर्दै यसमा उठेका प्रश्नहरुको समाधान नहुँदासम्म आवश्यक परे उडानमा रहेका सबै विमान भूमिस्थ गर्न पनि नियमन निकाय एफएएलाई अनुरोध गरेको बताएको छ ।
यात्रुहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै सुरक्षाका लागि विमान भूमिस्थ गर्ने कम्पनीहरुको निर्णयको सम्मान गर्दै यसमा उठेका प्रश्नहरुको समाधान नहुँदासम्म आवश्यक परे उडानमा रहेका सबै विमान भूमिस्थ गर्न पनि नियमन निकाय एफएएलाई अनुरोध गरेको बताएको छ ।
कम्पनीले विमान उडाउन सुरक्षित रहेको समेत दाबी गर्दै आएको छ।
बोइङको शेयरमा गिरावट
आइतवार इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना भएसँगै बोइङका् शेयर बजारमा ठूलो गिरावट आएको छ । सोमवार र मंगलवारको शेयर बजारमा बोइङले २६ अर्ब ६० करोड डलर अर्थात् झण्डै ३० खर्ब नेपाली रुपैयाँ बराबरको नोक्सानी सामना गरेको छ ।
गत शुक्रवार बजार बन्द हुँदाको तुलनामा बोइङको शेयर मंगलवार ११ प्रतिशतले कमजोर बनेको थियो । बुधवारको बिहानको कारोबारमा भने उसको शेयरमा केही सुधार आएको छ । कम्पनीको सो मोडलका विमानलाई विभिन्न देशहरुले प्रतिबन्ध लगाएसँगै कम्पनीको शेयरमा पनि त्यसको नकारात्मक प्रभाव देखिएको हो ।


















