Prakash Adhikari March 14, 2019

 

काठमाडौं, ३० फागुन (एजेन्सी) । बुधबार साँझदेखि नेपाल सहित विश्वका विभिन्न देशहरुमा सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ।

प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन्। अरू केहीका खुले पनि राम्ररी चलेका छैनन्।

प्रयोगकर्ताहरूले बताएअनुसार यी दुवै सामाजिक सञ्जालले ‘इरर’ म्यासेज देखाइरहेका छन्। र, ‘काम भइरहेको छ, चाँडै ठीक हुनेछ’ भन्ने म्यासेज छ।

Image result for facebook and instagram logo

Log into your Facebook account to share.

केही प्रयोगकर्ताहरूकोमा फेसबुक खुले पनि उनीहरूले फोटा अपलोड गर्न, स्टाटस राख्न वा पेजहरू खोलेर पोस्ट गर्न पाइरहेका छैनन्।

संसारका विभिन्न देशका प्रयोगकर्ताहरूले आफ्नो फेसबुक र इन्स्टाग्राम नचलेको बताएका छन्।

अमेरिका, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिको जस्ता देशका प्रयोगकर्ताले बुधबार आफूहरूले यी दुई सामाजिक सञ्जाल चलाउन नसकेको बताएका छन्। नेपाल सहित एसियाली मुलुकमा पनि धेरै प्रयोगकर्ताले चलाउन पाइरहेका छैनन्।

सबभन्दा बढी समस्या इंल्यान्डमा देखिएको मिरर डट युकेले जनाएको छ।

करौडौं प्रयोगकर्ताले चलाउँदै आएका यी एपमा किन समस्या आयो भन्ने प्रस्ट छैन। कति समयमा चल्ने हो भन्ने पनि यकिन छैन। फेसबुक र इन्स्टाग्राम चल्न छाडेपछि मान्छेहरू ट्वीटरमा जोडिएको पनि मिरर डट युकेले लेखेको छ।

Share Now

Leave a comment.